दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र पोखरा यातायात प्रा.लि. बीच अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता भएको छ ।
दीर्घायु पोखरा हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल र पोखरा यातायात प्रा.लि. का प्रबन्ध निर्देशक देबि प्रसाद कुईकेलले समझदारी गर्दै ज्ञापनपत्रमा हस्ताक्षर गर्नु भएको छ ।
हस्ताक्षर गर्ने क्रममा दीर्घायु पोखरा हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक राधा कृष्ण पोखरेल ले यो सम्झौता हामीलाई हाम्रा बिरामीहरूलाई अझ छिटो, सुविधाजनक, र सुरक्षित यातायात सेवा प्रदान गर्न मद्दत गर्नेछ । विशेषगरी, आपतकालीन अवस्थामा हाम्रो एम्बुलेन्स सेवा अझ प्रभावकारी बन्नेछ । हामी यातायात कम्पनीसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौं र यो साझेदारीले हाम्रो सेवा गुणस्तरमा सुधार ल्याउनेमा पूर्ण विश्वास रहेको बताउनु भएको छ ।
यस्तै पोखरा यातायात प्रा.लि. का प्रबन्ध निर्देशक देबि प्रसाद कुईकेलले अस्पतालसँगको यो सम्झौता हाम्रो कम्पनीको लागि एक ठूलो अवसर हो । हामीले अस्पताललाई समयमै सेवा उपलब्ध गराउन र बिरामीहरूको यातायातलाई थप सुरक्षित र आरामदायक बनाउन प्रतिबद्ध छौँ । यो साझेदारीले दुवै पक्षलाई लाभान्वित गर्नेछ र हामी हाम्रो सेवा गुणस्तरलाई उच्चतम स्तरमा राख्न हरसम्भव प्रयास गर्ने समेत जानकारी दिनुभएको छ ।
सम्झौता अनुसार पोखरा यातायात प्रा.लि.मा आबद्घ चालक तथा सहचालक, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी दीर्घायु पोखरा हस्पिटल प्रा.लि. मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवाः रेडियोलोजी, फार्मेसी, प्रयोगशाला शुल्क, शल्यक्रिया शुल्क र बेड शुल्क लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्रथम पक्ष दीर्घायु पोखरा हस्पिटल प्रा.लि. का अधिकृत शालिग्राम गौतम, लेखा प्रमुख रविन वास्तोला,मेट्रोन रिना लामिछाने र द्घित्तिय पक्ष पोखरा यातायात प्रा.लि. को तर्पmबाट कम्पनी सचिव जिबन प्रसाद पौडैल र दुर्घटना प्रमुख सूर्य गूरुङको उपस्थिति रहेको थियो ।